Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा ३७ केजी चरेस सहित दुई महिला प्रकाउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस सहित २ जना महिलालाइ प्रकाउ गरेकाे छ । सुटकेस र शरीरमा चरेश लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिलालाइ प्रकाउ गरेकाे हाे । बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताएका छन् ।
पक्राउ पर्नेमा मकवानपुर मनोहरी गाउपालिका वडा नं ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उ वा गाविस वडा नं०५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ०९ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्ती रहेका छन ।  उनीहरुलाई चेकजाँच गर्ने क्रममालागु औषध चरेश ३७ केजी बरामद गरिएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।
यसै विच कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुर बाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्धेश्यले सिमावर्ती वजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma