Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पीडित व्यवसायीलाई होटल संघद्वारा राहत ।।

राम अवतार चौधरी
कपिलवस्तु, १० असोज ।

पहिरो पीडित एक होटल व्यवसायीलाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले राहत वितरण गरेको छ । जिल्लाको शिवराज नगरपालिका–१, धानखोला स्थित लम्जुङ कालिका लिजा अशोक होटललाई संघले शुक्रबार राहत प्रदान गरेको हो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल खत्री नेतृत्वको टोली घटनास्थल पुगी राहत स्वरुप करिब १० हजार रकम बराबरको खाद्यान्न प्रदान गरेको संघले जनाएको छ ।

अबिरल झरीसँगै पहाडबाट पहिरो खसेर घर पुरिएको पीडित अशोक राउतले जानकारी दिए । घरभित्र बस्न सक्ने अवस्था नभएको होटल संचालक राउतले जनाए । पहिरोले घरभित्रको धनमाल नोक्सान भए पनि मानवीय क्षति भने नभएको तर अहिले पनि घरभित्र माटोको लेदो भरिएको बताइएको छ ।

राहत वितरणमा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिव शिवराज सापकोटा, सचिवालय सदस्य बबिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma