Home समाचार २४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण
समाचार

२४ घन्टामा थप १५ सय ७३ मा कोरोना संक्रमण

 नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिएका हुन् । उनका अनुसार अनुसार नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

२४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् । आइतबारसम्म ९ लाख ८८ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएका छन् ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या १९ हजार १९ र क्वारेन्टाइनमा रहेकाको संख्या ६ हजार २ सय ८१ रहेको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर