Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma