Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगरमा १५ सय बालबालिकाका लागी पोषणयुक्त आहार वितरण


दिपक के.सी. कपिलवस्तु
असोज १७
कपिलवस्तुको विजयनगर गाउँपालिकाका १५ सय बालबालिकाका लागी पोषणयुक्त आहार वितरण गरिएको छ । लामो समय सम्मको लकडाउनका कारण प्रभावित बनेका अभिभावकका बालबालिकाहरुको पोषिलो अहारका लागि सामाग्री वितरण गरिएको हो ।


बलियो नेपाल न्यूट्रिसियनको कार्यक्रम अन्तर्गत कालिका स्वाबलम्बन सामाजिक केन्द्रले ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुका लागि पोषिलो आहार वितरण गरिएको कालिका स्वाबलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी दिनु भयो । लकडाउनका कारण अभिभावकहरुको रोजगारी गुमेको अवस्थामा बालबालिकाको पोषणमा परेको प्रभावलाई कम गर्न संस्थाले पोषिलो आहार सर्बोत्तम पिठो, साबुन माक्स लगायतका सामाग्री वितरण गरेको निर्देशक थापाले बताउनु भयो ।


कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा गाउँपालिकाका १५ सय बालबालिकाका अभिभावकहरुलाई बालबालिकाहरुका लागि पोषिलो आहार वितरण भएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । कालिका संस्थाले विगत देखि नै विजयनगर गाउँपालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै आइरहेको समेत अध्यक्ष थापाले बताउनु भयो । “अहिले कोरोना महामारीको प्रभावमा परेको अवस्थामा बालबालिकाको समग्र विकासका लागी पोषिलो आहार वितरण गरी उत्कृष्ट कार्य गरेको छ” अध्यक्ष थापाले भन्नु भयो ।


कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रले नवलपरासीको सुस्ता, प्रतापपुर र पालिनन्दन गाउँपालिकामा पनि बालबालिकाहरुका लागि पोषिलो आहार वितरण गरेको निर्देशक थापाले जानकारी दिनु भयो । बर्दियाको मधुवन नगरपालिकामा पनि पोषिलो आहार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । विजयनगर गाउँपालिकामा करिब २ महिनाको लागि पुग्ने सर्बोत्तम पिठो, माक्स र साबुन गाउँपालिका अध्यक्ष ,विभिन्न वडाका वडा अध्यक्षहरु मार्फत वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma