Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बुद्धभुमीमा कोरोना ः जनप्रतिनिधी डिस्चार्ज, सर्वसाधरण आइसोलेसनमै ।

कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा कोरोना संक्रमितलाई समेत भेदभाव गरेको पाईएको छ । बुद्धभुमी नगरपालिकाले एकै पटक संक्रमित भएका जन प्रतिनिधी र सर्वसाधरणलाई अलग व्याव्हार गरेको छ । विशेष स्रोतका अनुसार कोरोना संक्रमित भएका बुद्धभुमीमा एक जनप्रतिनिधी १४ दिन होम आइसोलेसन बसे पछि डिस्चार्ज भएका छन् तर उनी संगै संक्रमित भएका गोरुसिंगेका एक परिवारमा ८ सदस्य भने आइसोलेसनमा रात कटाउनु परेको छ ।
असोज १ गते बिहिवार स्वाव दिए पछि चार दिनमा पिसिआरको रिपोर्ट आएको थियो । जन प्रतिनिधी भने असोज १४ गते नै डिस्चार्ज भएका थिए । नगरपालिकाका एक कर्मचारीका अनुसार संक्रमित परीवारलाई सोमवार डिस्चार्ज गर्ने तयारी गरीएको बताउछन । सोमवार डिस्चार्ज गर्दा उनीहरु १९ दिन अवधी पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma