Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सरकारी र अनसनरत डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले जानकारी दिए ।

डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार  दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो 

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।त्यस्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो । जसमा  नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma