Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा लागुऔषध सहित युवक पक्राउ

कपिलवस्तुको कृष्णनगर बाट प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ । शनिवार साँझ कृष्णनगर नगरपालिका वडा २ गोलघर बाट प्रहरीले प्युठानको सरमारानी गाँउपालिका वडा नं. १ बस्ने बर्ष २५ को यासिन मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

मियाँले बोकेको झोलाबाट NITRAVET-10 लेखेको दुई सय उनान्सय ट्याब्लेट, TRAMOL-50 लेखेको २० पत्तामा प्रति पत्ता १० क्याप्सुलका दरले जम्मा २०० ( दुई सय ) क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध भारतबाट ल्याएको हुनसक्ने जनाइएको छ । मियाँलाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma