Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चेम्बर दिवशको अवशरमा शुभकामना आदानप्रदान

चन्द्रौटा,२७ असोज
चेम्बर अफ कर्मशको ७० औ वर्षको प्रवेशको उपलक्ष्यमा व्यापार संघ कपिलवस्तुले शुभकामना आदानप्रदान तथा फलफूल बितरण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रौटामा रहेको व्यापार संघको सभाहलमा मंगलवार भएको कार्यक्रममा बोल्ने वक्ताहरुले व्यापारीहरुको हक हित सगै संघले सामाजिक कामहरु गरेकोले प्रशंसामा गरेका छन् । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कोरोना भाइरसको संक्रमण दर बढेको हुदाँ सर्तक रहेको काम गर्न आग्रह गर्नुभयो ।
कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा व्यापार व्यवसाय फस्टीएको अवस्थाका उद्योगी तथा व्यवसायीहरुलाई कसरी टिकाउने भन्ने विषय अहिलेका आवश्कता रहेको बताउनुभयो ।प्रदेशको राजधानी सँग जोडिएको शिवराज क्षेत्रमा लगानीगर्नेहरुको सख्या बढने उहाँले बताउनुभयो । चन्द्रौटा बजारलाई सुन्दर बनाउन व्यवसायीहरुको भुमीका बढी हुने भएकोले सरसफाई तथा बजार व्यवस्थित बनाउन व्यापार संघ तथा उद्योग वाणिज्य संघ नयाँ योजना बनाउनुपर्नेमा जोड दिनुभयो । व्यापार संघ कपिलवस्तुले कार्यालय चन्द्रौटामा राखेर छोटो समयमै आफ्नै भवन निर्माण गर्न सफल भएको बधाई दिनुभयो । संघ अग्निपिडित तथा विभिन्न सामाजिक कार्यमा अग्र भागमा रहेको बताउँदै आगामी दिनमा पनि नागरिकमैत्री काम गर्न आग्रह गर्नुभयो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले व्यापार संघ कपिलवस्तुले छोटो समयमा गरेको प्रगतीको प्रशंसा गर्दै नगरपालिका सँग हातेमालो गरेर अघि बढनुपर्ने बताउनुभयो । सुन्दर,रमणिय नगरपालिका बनाउने नगरको योजनामा सबै सहयोग सुझाव अवश्यक रहेको उहाँले बताउनुभयो । ईलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख सुर्य कार्कीले कानूनमा रहेर व्यवसायी गर्न आग्रह गर्नुभयो । दर्ता तथा कर समयमै तिर्नुपर्ने भन्दै व्यापारीहरुले सामाजिक कार्यमा सहयोग गर्नुपर्ने पनि जिम्मेवारी रहेको बताउनुभयो । सबैको सहयोगका कारण व्यापारी तथा सामाजिक काममा व्यापार संघ निरन्तर लागिरहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो । नेपाली काग्रेसका नगर सभापती मधुुसुदन पोख्रेल,उद्योग वाणिज्य संघ चन्द्रौटा महासचिव दमन भाट,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा,रामचन्द्र मौर्य,शिवराज जेसिजका अध्यक्ष बिजय सापकोटा लगाएतले सफलताको कामना गरेका थिए । यस्तै दिवशको अवशरमा संघले शिवराज नगरपालिकामा रहेको कोरोना अस्पतालमा रहेको संक्रमितहरुलाई फलफूल समेत बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma