Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वडा कार्यालय भवन उद्घाटन

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन शनिबार नगर प्रमुख नेत्रराज अधिकारीले रिबन काटेर गर्नु भएको छ । भवनको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले नगरले यसै आर्थिक बर्षमा २ वटा वडाको भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको बताउनु भयो । विकास निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको जनाउदै प्रमुख अधिकारीले कोरोना महामारीको प्रभावका कारण अहिले केहि सुस्त भएको तर नरोकीएको बताउनु भयो । भाडामा बस्दै आएको वडा कार्यालय अब आफ्नै भवनबाट अब सेवाग्राहीलाई सेवा दिन सक्षम भएको प्रमुख अधिकारीले बताउनु भयो । नगरको समग्र विकासमा भौतिक निर्माण पनि निकै महत्वपूर्ण हुदाँ भौतिक निर्माणलाई पनि प्राथमिकतामा राखि नगरले काम गर्दै आएको बताउनु भयो । वडा नं. २ ले आफ्नो कार्यालय संगै आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन समेत उद्घाटन सम्पन्न गरेकोमा नगर प्रमुख अधिकारीले वडा अध्यक्ष राम बहादुर चौधरीलाई धन्यवाद समेत व्यक्त गर्नु भयो । नगर र वडामा हुने विकास निर्माणका गतिविधिमा सबै नागरिकले चासो राखेर चुस्तदुरुस्त काममा सहयोग गर्नु पर्ने उहाँले बताउनु भयो । नेपालीहरुको महान पर्वहरु नजिकिदै गरेको अवस्थामा भिडभाड नगरी घरमै बसेर पर्वहरु मनाउन समेत प्रमुख अधिकारीले आग्रह गर्नु भयो ।
कुल ६२ लाखमा ५ कोठा १ हल सहितको २ तले भवन निर्माण गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो । भवन निर्माणमा सबैको साथ र सहयोग रहेको जनाउदै वडाको समग्र विकासमा पनि वडा बासीले सहयोग गरेको उहाँले बताउनु भयो । २५ लाखमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण भएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेललाई सम्मान समेत गरिएको थियो । वडा अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख नेत्रराज अधिकारी रहनु भएको थियो । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, कार्यपालिका सदस्य नहकुल वि.क. लगायत स्थानिय राजनैतिक दलका प्रतिनिधीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma