Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा चाडपर्व विशेष सुरक्षा योजना लागू

कपिलवस्तु प्रहरीले चाडपर्ब विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्नको लागि विशेष योजना संचालन गरेको हो । बडा दशै, तिहार तथा छठ पर्बको समयमा हुन सक्ने सम्भावित दुर्घटना रोेक्न र सर्बसाधारको सुरक्षालाई मध्य नजर गर्दै चाँड पर्ब बिशेष योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । कार्तिक १ गते घटस्थापनाको दिन देखि मंसिर ५ गते सम्म लागू हुनेगरि बिशेष योजना तयार पारिएको छ ।
सम्भावित धार्मिक तथा साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको संयुक्त रुपमा योजना तयार पारिएको भण्डारीले बताउनुभयो । “जिल्लामा विगतलाई हेर्दा सुरक्षा बढी जिम्मेवारी रहनुपर्ने भएकोले यस वर्ष योजना निर्माण गरेका छौ, प्रवक्ता भण्डारीले भन्नुभयो, “सीमा क्षेत्रमा ओसारपोसार तथा धार्मीक दंगा हुन नदिन थप कडाईको योजना हो, ।”
पटाका तथा बिस्फोटक पदार्थको तस्करी, बैंक तथा बित्तिय संस्थामा हुन सक्ने चोरी तथा लुट्पाट र उद्योग, ब्यापार क्षेत्रमा अनाबश्यक चन्दा उठाउने आतंक गर्न सक्ने हुनाले तौलिहवा, जितपुर, पिपरा, गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज र कृष्णनगर जस्ता जिल्लाका मुख्य बजार क्षेत्रको सुरक्षा अवस्था मा कडाई गरिएको प्रबक्ता भण्डारीले जानकारी दिनु भएको छ । चाडपर्वकै अवशरमा बजार क्षेत्रमा सहायता कक्षा स्थापना गरी नागरिकहरुको सहज बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरि मुख्य राजमार्ग तथा सहायक राजमार्गहरूमा संचालित सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, ट्राफिक नियम उलंघन गर्ने माथी कारवाहीको लागी ट्राफिक सहितको संयुक्त चेकिङको व्यवस्था मिलाईएको छ । सुरक्षा योजनामा सर्ब साधारणहरुले आफू यात्रा गर्दा क्षमता भन्दा बढि यात्रु भएको खण्डमा यात्रा नगर्न यदि यात्रा गर्नै पर्ने अवस्था भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ । पछिल्लो समय देशभर कोरोना महामारीको जोखिम बढेको हुनाले भिड्भाडमा जाँदा सुरक्षाको मापदण्ड अपनाउन र सामाजिक दुरि कायम गर्न पनि कपिलवस्तु प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma