नेपाल बाट भारत तर्फ लैजादै गरेको लागुऔषध (अफिम) कपिलवस्तु प्रहरीले फेला पारेको छ । सीमा क्षेत्र कृष्णनगर नगरपालिका वडा २ लिङगेटमा चेकजाँच गर्दा झोला फालेर एक नागरिक भारत तर्फ भागेका थिए । उक्त झोला खानतलासी गर्दा अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय कपिललवस्तुले जनाएको छ ।
रुकुम बाफिकोट गा.पा. वडा नं. ८ दुली घर भई अहिले दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह बस्ने ३५ बर्षका लाल बहादुर खत्री (लाले) को साथबाट प्लाष्टिकको झोलामा बेरेर राखेको अवस्थामा ६ प्याकेट (तौल गर्दा ३ किलो) र शरीर खनतलासी गर्दा थप २ किलो गरी ५ किलो अफिम बरामद भएको प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले बताउनुभयो ।
चेकजाँच गर्दा झोला फालेर भागेको र भारतीय प्रहरीले पक्राउ गरि उनको शरिर खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो । हाललाई खत्रीलाई भारतीय प्रहरीले पक्राउ गरि कारवार्ही सुरु गरेको भण्डारीले बताउनुभयो ।

0Shares