Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बालापुर–खैरी सडक कालोपत्रे अन्तिम चरणमा

कपिलवस्तुको निकै महत्वको रुपमा रहेको आरटिओ सडक निर्माणको काम तिब्र रुपमा भइरहेको छ । शिवराज नगरपालिका आरटिओ सडक खण्ड अन्तर्गतको वालापुर देखि खैरी सम्मको सडक कालोपत्रे काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.कोे पहल पछि आरटिओ अन्तर्गतको सो सडक खण्डले प्राथमिकता पाएको हो । व्यापारिक केन्द्र शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्र सम्म आउने सडक कालोपत्रे भएसगै आवातजावतमा सहज हुने प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । उता अव विजयनगर गाउँपालिका हाइवे सडकको सिधा पहुँचमा पुगेको छ के.सि.ले भन्नु भयो ।
शिवराज नगरपालिका वडा न ५ खैरी,मद्रहवा हुदै वालापुर पुग्ने करिब ४ किलोमटिर सडक कालोपत्रेको अन्तिम चरण छ । सडक बने सगै स्थानियहरु खुसी भएका छन् । सडक कालेपत्रेको काम अब अन्तिम चरणमा रहेको काम जिम्मा पाएका शैलेन्द्र पुनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma