Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

रोट्र्याक कल्बको कार्यक्रममा ७६ जनाले गरे रक्तदान ।

मोफसल खबर
रोट्र्याक कल्ब अफ कपिलवस्तुले एक दिने बृहत् खुल्ला रक्तदान एवम् शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा स्थित संजिवनी अस्पतालमा कार्यक्रम विहिबार सम्पन्न गरेको हो ।


रोट्र्याक कल्ब अफ कपिलवस्तुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कूल ७६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष विक्रम के.सी.ले जानकारी दिए ।


यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विश्व नै कोभिड–१९ को महामारीसँग संघर्ष गर्दै गर्दा धेरै बिरामी रगत नपाएर ज्यान गुमाइरहेको बखत कल्बले गरेको कार्य प्रशंसा गरे । सामाजिक अभियनमा अग्रसर भएर अहोरात्र खट्एिको संस्था नै रोट्र्याक रहेको उनले जिकिर गरे । रोट्र्याक कल्ब लगायतका संघ संस्थाले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उल्लेख गर्दै यतिबेला समाजलाई एकदमै रगतको खाँचो रहको सदस्य के.सी.ले बताए । दशैँ, तिहार र छठ पर्वका शुभकामना व्यक्त गर्दै देश हानँक्ने युवा पुस्ताले वर्तमान समयमा जिम्मेवारी विहिन हुँदै रक्सी लगायत नशालु पदार्थको सेवनले चाँड पर्व मनाउन नहुने बताए । यस्ता विकृतिले गर्दा सिंगो समाज नै दुर्गन्धित भएको जनाए ।


कार्यक्रम रोट्र्याक कल्ब अफ कपिलवस्तुको अध्यक्ष विक्रम केसीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यिता, स्थानीय बुद्घिजिवी, समाजसेवी, प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma