Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

के अझै ट्रम्पले बाजी मार्न सक्लान ?

काठमाडौं-अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन ट्रम्प भन्दा अगाडि  छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि रहेका छन् । डोनाल्ड ट्रम्पलाई भने बहुमतका लागि ५६ भोटको आवश्यक्ता रहेको छ ।

कुन राज्यमा भइरहेको छ काउन्टिङ ?

पेन्सिलभेनिया (२०) – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना (१५) – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया (१६) – डोनाल्ड ट्रम्प अगाडि
अलास्का (३) – डोनाल्ड ट्रम्प अगाडि
नेवादा(६)-  जो – बाइडेन अगाडि

अहिलेको स्थिति जितमा परिणत हुँदा ट्रम्पको पक्षमा ५४ इलेक्टोरल भोट जोडिनेछ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिने अवस्था छ ।बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनको लागि अहिले अग्रता भएका सबै ठाउँमा जित हासिल गर्नुका साथै बाइडेनले अग्रता लिएको नेवादामा पनि जित हासिल गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma