कृष्ण गैरे , २३ कार्तिक
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि शिवराज नगरपालीकाले कार्तिक २४ गते देखि २८ गते सम्म शिवराज नगरपालीका र मातहतका वडा कार्यालयहरु वन्द गरेको छ । साथै नगरपालीकाले विधालयमा भईरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द गर्ने निर्णय गरेको हो । नगरपालीकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै नगरपालीका र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकोले शेवा वन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालीकामा कार्यरत ५ जना र वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी गरी ६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालीकाले ४ दिनको लागी शेवा वन्द गरेको निमीत प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थिले वताउनुभएको छ । नगरपालीकाले विधालयहरु प्नि वन्द गर्ने निर्णय गरे संगै कक्षा ११ को परिक्षा संचालन गरेका विधालयहरुलाई समस्या सिर्जना हुनेभएको छ । अधिकृत पन्थिले विधालय आफैले संचालन गरेको परिक्षा भएकाले ४ दिन वन्द गर्नु नै उतम हुने वताउनुभएको छ ।

0Shares