Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बैतडीमा बस दुर्घटना: ९ जनाको ज्यान गयो, २५ जना घाइते

बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् .

दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ । 

अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma