Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सीमामा ओहोर–दोहोर बढ्यो, सर्तकता छैन

चन्द्रौटा,कपिलवस्तु 


सीमा नाका कृष्णनगरबाट तिहार नजिकिएसगै नागरिकहरुको आवतजावतमा बृद्धि भएको छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा सामानहरु सस्तो हुने भएपछि भारतको बढनी बजारमा व्यापार बढेको जनाइएको छ ।
कोरोना भाइरसका कारण लामो समयदेखि व्यापार गर्न नपाएका व्यापारीहरुले यस वर्षका जाडपर्वमा भने राम्रो कारोवार भएको जनाएका छन् । नागरिकहरुको आवतजावत गर्दा सुरक्षा मापदण्डको भने बेवास्ता गरेका छन् । मास्क सेटेनाइजर तथा सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा भिडभाडमै व्यापार गरीररहेक छन् । जाडपर्वको अवशरमा अवैध रुपमा पटाका नेपाल भित्रिइरहेका छन् । नेपालमा पटाका पड्काउन निषेध गरिए पनि व्यापारीहरुले अवैध रुपमा चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याईरहेका हुन् ।प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डरको कारण पटाका भित्रिरहेका छन् । कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु भित्रिरहेका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरि नष्ट गरिएको सुठौली भन्सार कार्यालयले जनाएको छ ।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पटकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्ध सहित अनुगमनलाई प्राथमिकता दिईएकोे छ । जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमा समेत कडाइ र गस्ती गर्न निर्देशन दिएको बताईएको छ ।पटका बिक्री तथा प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma