Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उद्योगी व्यवसायीको हकहितका लागी उम्मेदवारी : मियाँ

दिपक के.सी.
कपिलवस्तु
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका जम्सेर अलि मियाँले उद्योगी व्यवसायीहरुको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । देशकै अर्थतन्त्रमा ठूलो टेवा पुराउने उद्योग कलकारखानाहरु लुम्बिनी प्रदेशमा रहेकाले उनीहरुको समस्या समाधान गर्न आफु लागी पर्ने केन्द्रिय सदस्य उम्मेदवार मियाँले बताए ।
निर्वाचन मिति नजिकिदै जादाँ चुनावी सरगर्मी र घर दैलो अभियानले पनि तिब्रता पाएको छ । महासंघको लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्य उम्मेदवारी दिएका चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर अलि मियाँले पनि घर दैलो र भेटघाटलाई तिब्रता दिएका छन । मियाँले उद्योगी व्यवसायीहरुको समस्यलाई केन्द्रमा उठाउन गर्ने र समाधानका लागी पहल गर्ने जनाएका छन । लुम्बिनी प्रदेशका २० वटा शाखाका मतदाता संग भेटघाट र छलफल भइसकेको मियाँले बताएका छन । सबै शाखाका मतदाताबाट सकारात्मक आश्वासन पाएको उनले बताए । “निर्वाचन हो ,मैले हर सम्भव प्रयास गरेको नै छु, साथीहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु ” केन्द्रिय सदस्य उम्मेदवार मियाँले भने । उद्योग वाणिज्य महासंघको आगामि नेतृत्वले देशको अर्थ व्यावस्था परिवर्तन गर्न सक्ने भएकोले कुशल तथा क्षमतावान व्यक्तिलाई चयन गर्न जरुरी रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि मंसिर ११, १२ र १३ गते काठमाण्डौंमा हुदैछ । महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवार दिएका मियाँ चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष हुन । अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष रहेका मियाँ विभिन्न सामाजिक क्रियाकलापमा पनि सक्रिय व्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma