Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उद्योग वाणिज्य महासङ्घको चुनाव : ढकाल भर्सेस प्रधान

उद्योग वाणिज्य महासङ्घको चुनाव जति नजिकिदै छ, उम्मेदवार एकले अर्कोलाई कमजोर देखाउने प्रतिस्पर्धा पनि चुलिदै छ । मानौँ महासङ्घको चुनावी प्रतिस्पर्धाभन्दा पनि एकले अर्कोलाई कमजोर देखाउने प्रतिस्पर्धा चलिरहेको छ । प्रजातान्त्रिक प्रणालीको एउटा सुन्दर पक्ष पनि हो चुनावी प्रतिस्पर्धा । यसमा पद र प्रतिष्ठाका लागि पावर शो (शक्ति देखाउने) गरिन्छ । अहिले त्यही भइरहेको छ । सबैले आफ्ना आफ्ना ठाउँबाट ‘पावर शो’ गरिरहेका छन् ।

मानौँ जसले विपक्षीको बढी कमजोरी देखाउन सक्छ, उसले नै जित्छ । तर त्यसो होइन । उनीहरुको विगतको कार्यमूल्यांकन उनीहरुले पाउने मतबाट हुनेछ  । कसले बढी व्यवसायीको हितमा काम गरेको छ र कसले व्यवसायीको मन जितेको छ निर्वाचन पछिको नतिजाबाट स्पष्ट होला ।

बको पाँच दिनमा महासङ्घको नयाँ कार्यसमितको लागि निर्वाचन हुनेछ । विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत्तः अध्यक्ष बन्ने भएपछि उनले कसैलाई कमजोर देखाएर आफ्नो जित खोज्नु पर्दैन । यस मानेमा उनी ढुक्क छन् । ६४ पदको लागि हुने निर्वाचनमा उम्मेद्वारहरुको चुनावी प्रचारप्रसारको गति र उनीहरुको उत्साहले भन्छ, कोही हार्नेवाला छैन ।

चुनावी मैदानमा चन्द्र ढकाल भर्सेस किशोर प्रधानको प्यानल छ । सबैले आफ्नो जित सुनिश्चित भन्दै हिँडिरहेका छन् । महासङ्घमा एउटा अध्यक्षले तीन वर्ष काम गर्न पाउँछन् । यसो हुँदा पनि कुनै भवितव्य नभए अब बन्ने वरिष्ठ उपाध्यक्ष अबको तीन वर्षपछि स्वत्तः अध्यक्ष हुनेछन् । पद, प्रतिष्ठा पावरसँग जोडिने भएकाले पनि उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुन्छ । यही बेला गुट/उपगुट व्यापक मौलाउँछ ।

योग्य र सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्दै राणाको प्रधानतिरको झुकाव देखिन्छ । यता आफु पनि योग्य भएको भन्दै आफ्नो तर्फ मत आकर्षित गर्न ढकाल प्यानल पनि मरिमेटेर लागेको छ ।

दुबै उम्मेदवारको साझा उद्देश्य पनि छ । दुबै आफ्नो जीत पछि निजी क्षेत्रको शाख फर्कने बताउँछन् । महासङ्घको सुदृढिकरणको लागि आफ्नो जितको आवश्यकता दुबै पक्षले देखेका छन् । दुबै पक्ष कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने सपना देख्छ भने दुबै आम व्यवसायी उद्योगीको भावनाको कदर गर्ने बताउँछ । सरकारसँगको निकता, व्यवसयाी व्यापारी उद्योगीसँगको निकटता, आर्थिक समृद्धि, व्यवसायिक क्षेत्रको समस्यामा देखिएको अन्त्य गर्ने दुबै पक्षको साझा लक्ष्य पनि हो ।

जिल्ला नगर उद्योग वाणिज्य सङ्घको १०७, एसोसिएटको ९२३, वस्तुगतको १०१ जना र द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरुबाट १२ जनाले महासङ्घको निर्वाचनमा मतदान गर्दैछन् । कुन चाहिँ रणनीतिले कसको पल्लाभारी हुने हो केही दिनमा नै थाहा हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma