Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज जेसिजद्धारा गुरुकुल पाठशालामा कम्बल बितरण

माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु १५ मंसिर
शिवराज जेसिजद्धारा खरेन्द्रपुरमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशालामा न्यानो कम्बल बितरण गरिएको छ । पाठशालामा अध्यानरत रहेका बटुकहरुलाई मध्यनजर गरी पाँच थान कम्बल बितरण गरेको अध्यक्ष बिजय सापकोटाले बताउनुभयो । चिसो मौसम बढेकोले बटुकहरुलाई सहज होस भन्ने उद्देश्यले बितरण गरेको उहाँले बताउनुभयो ।
बितरण कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष सरोज पौडेलले कोरोना कारण जनजिवन प्रभावित भइरहेकोले जेसिजले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । बिगतका वर्षहरुमा पनि जेसिजले सामाजिक कार्यमा उल्लेखनिय काम गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमय जोड दिनुभयो । कार्यक्रममा जेसिजका पदधिकारीहरु वाइपि पौडेल, खगेन्द्र गिरी, मधु सिग्देल,गणेश जिसी,कबिराज अधिकारी,कृष्ण कार्की,केशव खनाल,युवराज पौडेल लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma