Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजका कराते खेलाडी प्रतिस्पर्धाका लागी प्रशिक्षणमा


मंसिर २०
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको बुद्धशक्ति कराते डोजोले नगरका ३५ जना खेलाडी प्रशिक्षण दिन शुरु गरेको छ । नगरका उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय तषा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागी तयारी स्वरुप प्रशिक्षण शुरु गरिएको प्रशिक्षक रामु सुनारले बताउनु भयो ।
खेलाडीहरुलाई प्रत्येक साताको शनिबार प्रतिस्पर्धाका लागी तयारीको विभिन्न निर्देशन र नियमहरुको बारेमा जानकारी दिदै आएको प्रशिक्षक सुनारले बताउनु भयो । शनिबार व्यापार संघ कपिलवस्तुमा संचालन गरिएको प्रशिक्षणमा व्याापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले खेलाडी राष्ट्र गहना भएको बताउदै , विगतका दिनमा पनि कराते प्रतियोगीतामा नगर र राष्ट्रको नाम फैलाउन सफल रहेकोले यस पटक पनि खेलाडीले नगर संगै राष्ट्रलाई खेलको माध्यमबाट चिनाउन शुभकामना व्यक्त गर्नुभयो । खेलले स्वास्थ, आत्मरक्षा ,पहिचान मात्रै नभएर यसले युवाहरुलाई कुलतबाट पनि बचाउने हुदाँ युवाहरुलाई खेलमा आर्कषित गर्न नगरले विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो ।
रौतहटमा हुन लागेको राष्ट्रिय महिला कराते प्रतियोगितामा सहभागिता जनाउन आफ्ना खेलाडी तयारी अवस्थामा रहेको बताउदै प्रशिक्षक सुनारले नगरले समन्वय गर्नु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma