Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

महासंघका केन्द्रीय सदस्य मिंयालाई कृष्णनगरमा सम्मान

कृष्ण गैरे , मंसिर २५ कपिलवस्तु
उधोग वाणिज्य महासंघका नव निर्वाचीत केन्द्रीय सदस्य जमसेर अली मिंयालाई कृष्णनगरमा सम्मान गरिएको छ । उधोग वाणिज्य संघ कृष्णनगरले संघको कार्यालयमा विहीवार सम्मान तषा स्वागत गरेको हो । लुम्विीनी प्रदेशवाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचीत जमसेर अली मिंयाको विजयले व्यवसायीहरुको लागी खुशिको कुरा भएको कृष्णनगर उधोग वाणिज्य संघका अध्यक्ष रामकुमार कलौपुरीले वताउनुभएको छ ।
उहांले कृष्णनगर उधोग वाणिज्य संघको साधरण सदस्य हुदैं केन्द्रीय सदस्य सम्म पुगेका मिंयाको विजयले कृष्णनगरलाई थप फाईदा पुग्ने विश्वास व्यतm गर्नुभयो । उहांले व्यापारीको हक अधिकार स्थापीत गराउनको लागी अग्रसर हुन समेत अनुरोध गर्नुभएको छ । संघका वरिष्ठ उपाध्यक्ष नशिव हुसेनले चन्द्रौटा कृष्णनगरमा औधोगीक विकासको लागी मिंयाको विजयले थप सहयोग पुग्ने आसा व्यतm गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष हुसेनले चन्द्रौटा कृष्णनगर औधोगीक करिडोरमा ठुला उधोग स्थापना गर्नको लागी पहल थाल्न आग्रह गर्नुभएको छ ।


सम्मान पछि महासंघका केन्द्रीय सदस्य जमसेर अली मिंयाले आफुलाई मतदान गर्ने सवैलाई धन्यावाद व्यतm गर्नुभएको छ । उहांले चन्द्रौटा र कृष्णनगर क्षेत्रमा औधोगीक विकास , भारतीय वजारवाट आयत हुने कच्चा पर्दार्थ सहज ढुवानीको लागी पहल थाल्ने वताउनुभएको छ । सदस्य मिंयाले ठुला ठुला परियोजना स्थापनाको लागी व्यवसायीहरुलाई प्रोत्साहीत गर्ने समेत वताउनुभएको छ । निजी क्षेत्रले औधोगीक विकास र उधोग वाणिज्य संघका कार्यालयहरुलाई थप व्यवस्थीत र विकसीत वनाउनको लागी योजना निर्माणको कार्यको थालनी गरेको वताउनुभएको छ ।
कृष्णनगर र चन्द्रौटा क्षेत्रका व्यवसायीहरुको हितको लागी आफु हरदम तयार रहेको वताउनुभएको छ । कार्यक्रममा कृष्णनगर उधोग वाणिज्य संघका पदाधिकारीहरुले दोसल्ला र मला लगाएर सम्मान गरेका थिए । उनीहरुले सफल कार्यकालको सुभकामना समेत व्यतm गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma