Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लैगिक हिसा विरुद्धको १६ दिने अभियान समापन

२९ औ अन्तर्राष्ट्रिय लैगिक हिसा विरूद्वको १६ दिवशिय अभियान आज समापन भएको छ । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवशरमा एक कार्यक्रमको आयोजना गरि अभियान समापन गरिएको छ । शिवराज नगरापलिका वडा ५ को सभाहलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाका घटनाहरु लाई बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।पछिल्लो समय समाजमा लुकेका महिला हिंसा र बलात्कारका घटनाहरु बाहिर आउने गरेको र अभियानले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको जनाएका थिए ।
लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताःव्यक्ति,समाज र सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गतेबाट सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शिवराज नगरपालिकामा विविध कार्यक्रम सम्पन्न भएको आयोजक सस्था दियालो नेपालले जनाएको छ । कार्यक्रम्मा महिला अधिकारकर्मी मिना परियारले अधिंकाश महिलाहरु पुरुष बाटै हिंसामा परेको बताउनुभयो । मदिरापान सेवन, दाइजो प्रथा,बोक्सी लगाएत विविधि कारणले महिलाहरु अपहेलित भएर बस्नुपर्ने वाध्यता रहेको जनाउनुभयो । अभियानको समापन समारोहमा लैगिक हिंसा बिरुद्ध अहोरात्र खटिने अधिकारकर्मीहरु मिना परियार र विष्णु खतिवडा लाई सम्मान गरिएको छ । नगर उपप्रमुख शिवकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा लम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma