माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२७ मंसिर

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यमा निर्वाचित जम्सेर अलि मियाँलाई चन्द्रौटा उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका मियाँलाई शनिवार दोसल्ला ओडाई,सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा लम्बिनी प्रदेशका प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले चन्द्रौटा क्षेत्रमा उद्यमी केन्द्रिय तहमा पुुग्नुु गौरवको कुरा रहेको बताउनुुभयो । चन्द्रौटा कृष्णनगर क्षेत्र औधोगिक करिडोरको रुपमा विकास भइरहेको बताउँदै सरकार अहिले उद्योगिको पक्षमा रहेको बताउनुुभयो । शिवराज क्षेत्रमा प्रदेशका गौरवका योजनाहरु परेकोले विकासलाई कसैले रोक्न नसक्ने बताउनुुभयो । मियाँको सफल कार्यकालको शुुभकामना व्यक्त गर्दै विकासमा साझेदार गर्न आग्रह गर्नुुभयो । केन्द्रिय सदस्यले मियाँले उद्योगिहरुको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुुभयो । पहाडी क्षेत्रमा उद्योग संचालन गर्न सरकारले निति खुकुुलो बनाउनुपर्ने बताउनुभयो । प्रदेशको स्थायी राजधानीसँग जोडिएको शिवराज क्षेत्रमा प्रदेशको उद्योग मन्त्रालय राख्न माग गर्नुभयो । कोरोनाका कारण उद्योगिक क्षेत्र प्रभावित भएपनि पछिल्लो समय सुुधारउन्मुख रहेको बताउनुुभयो ।
कपिलवस्तुको चन्द्रौटामा अहिले पनि १० वटा उद्योगहरु संचालनको तयारीमा रहेको मियाँले बताउनुुभयो । चन्द्रौटा उद्योग वाणिज्य संघको अधिवेशन प्रकृयामा गएकोले अब छिटै अधिवेशन हुने बताउनुुभयो । महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष मिना परियार,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले सफल कार्यकालको शुुभकामना दिए ।कार्यक्रममा वाणगंगा यातायात व्यावसायि समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुुनुुभएको राजकुमार क्षेत्री(केसी)लाई समेत सम्मान गरिएको छ ।चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नगर अध्यक्ष दिनेश पुुन,नेपाली काग्रेसका नगर सभापति मधुु पोख्रेल,जनता समाजवादि पार्टिका नगर अध्यक्ष कृष्णकुमार चौधरी,मात्स्य पालन व्यावसायि समितिका लंक हमाल लगाएतको सहभागिता रहेको थियो ।

0Shares