Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाली कम्यूनिष्ट एक भएर आन्दोलन गर्नु पर्ने ः नेता न्यौपाने


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताले प्राप्त गरेका उप्लब्धि रक्षाका लागि आफुहरु सडकमा आउनुपरेको बताउनुभयो । प्रधानमन्त्रीको असंवैधानिक कदमकै कारण विभिन्न आन्दोलन मार्फत प्राप्त उप्लब्धि गुम्ने डर बढेपछि नेकपा सडकमा उत्रन बाध्य भएको र आफैले बनाएको सरकार विरुद्ध लागेको जिकिर गर्नुभयो ।
बुद्धभूमी नगरपालिकाको आज गोरुसिंगेमा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले २००७ साल देखिको प्रजातान्त्रिक आन्दोलन हुदै जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन सहित विभिन्न आन्दोलनबाट प्राप्त उप्लब्धी रक्षाका लागि नेपाली कम्यूनिष्ट एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको दाबी गर्नुभयो । “अहिले चुप बस्यौ भने गणतन्त्र, धर्म निरपेक्ष, संघियता र समानुपातिक प्रणाली सहितका अधिकार र उप्लव्धि खोसिन्छ” उहाले भन्नुभयो । तर्सथ कम्यूनिष्टका नाममा गणतन्त्रको हत्या गर्न तम्सिएका ओली र तिनका प्रवृत्ति विरुद्ध आम कार्यकर्ताहरु एक भएर जनतामा जान आग्रह गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा नेता तथा प्रदेश सांसद विष्णु पन्थीले केपी ओलीको असंवैधानिक कदम विरुद्ध सिंगो राष्ट्र एकजुट बन्दै गएको दाबी गर्नुभयो । “भारतको इशारामा गरिएको प्रतिनिधिसभा भंग गर्ने कु विरुद्ध सबै तह तप्का बाट व्यापक विरोध भएको छ” पन्थीले भन्नुभयो । सबै अगुवा कार्यकर्ताहरु एकमतका साथ जनतामा ओली प्रवृत्ति र संविधानमै नभएको व्यवस्था विरुद्ध जान आग्रह गर्नुभयो । उहाले जनतालाई भ्रमको खेती छरेर, उखान टुक्का सुनाएर फकाउने बेला गइसकेको भन्दै २१ औ शताव्दीका जनता र कार्यकर्ता सत्य र इमान्दारिताको पक्षधर भएको बताउनुभयो । प्रतिगमन विरुद्ध अब सबै एक भएनौ भने देश सधैको लागि अस्थिरताको भूमरीमा फस्ने भन्दै उहाले यसको निकासका लागि पनि जनता जाग्ने बेला आएको र त्यो जगाउने काम कार्यकर्ताहरुले गर्नुपर्ने बताउनुभयो । जिल्ला सचिवव रामचन्द्र शाह (विष्णु) ले ओली कम्यूनिष्ट पार्टीले प्राप्त गरेको जनमतकै अपमान गरेको बताउनुभयो । करिब २ तिहाई नेतृत्वको सरकारले गर्नुपर्ने काम ओलीकै कारण नभएको र अन्त्यमा पार्टीलाई दोष लगाएर उम्कन खोजेको दाबी गर्नुभयो । प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडेले ओली सरकारले टोल टोलमा केन्द्रिय सदस्य र घर घरमा जिल्ला सदस्य बाड्दै हिडको बताउनुभयो । “नेता आन्दोलन र संर्घषबाट जन्मन्छ, जनमत नै नभएका भीड जुटाएर कम्यूनिष्ट पार्टी बन्दैन” उहाले भन्नुभयो ।
बुद्धभूमी नगरपालिकाको १० वटै वडाबाट सक्रिय सहभागिता जनाएका २ सय बढि अगुवा कार्यकर्ताहरुको बिचमा नेकपा नेता हुकुम बहादुर कुँवर, बलराम भुसाल, कमला भुसाल, विष्णु बेल्बासे, पत्रकार विकास बन्जाडे, विद्यार्थी नेता शुशिल खत्री लगायतले असंवैधानिक प्रतिनिधी सभा विगठन विरुद्ध नगरका सबै अगुवा कार्यकर्ता, नेता तथा जनता एक भएर प्रतिगमन विरुद्ध लाग्न आह्वाहन गर्नुभएको थियो । भेलाको अध्यक्षता नगर सचिव बसन्त गिरी तथा संचालन क्षेत्रिय सदस्य मोहन केवटले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma