२० औ सुर्यमुखी फुटबल प्रतियोगितामा मंगलबार पनि दुई खेल सम्पन्न भएका छन ।
चिसापानी युवा क्लब र स्पोर्टिङ क्लब तुरुन्तपुर बीच पहिलो खेल भएको थियोे । कडा प्रतिस्पर्धा भएको खेलमा स्पोर्टिङ ल्कब तुरुन्तपुर २ का विरुद्ध ३गोल गरेर बिजयी भएको छ निर्धारित समयमा १,१ गोल मात्र भए पछि पेनाल्टी मार्फत खेलको छिनोफानो गरिएको हो पेनाल्टीमा शुरुमै दुई शुन्यले पछि परेको स्पोर्टिङले अप्रत्याशित नतिजा निकल्दै बिजयी भएको छ। दोस्रो खेल जन आदर्श रेन्जर पोस्ट र साइनिङ्ग स्टार रमुवादह बिच भएको थियो उक्त खेलमा साइनिङ्ग स्टार १ का विरुद्ध २ गोल गरेर बिजयी भएको छ ।
आज पाचौं दिन तिन खेल हुने आयोजकले जानकारी दिएको छ पहिलो खेल १० बजे बाट महिला तर्फ ग्रीन भिजन र जयबुद्ध सामाजिक दोस्रो खेल पुरुष तर्फ ससस्त्र प्रहरी चन्द्रौटा र गोल्डेन स्टार् अन्तिम तेस्रो खेल सुर्यमुखी रातो र जय बुद्ध सामाजिक युवा क्लब बीच मुल आयोजक सचिवालय सदस्य राकेश पुनले जानकारी दिए ।

0Shares