दिपक के.सी.
कपिलवस्तु
माघ १

कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका भित्रका विभिन्न अतिविपन्न गरिब बृद्ध,बृद्धालाई न्यानो वितरण गर्नु भएको छ । विगत केहि दिन यता लगातार बढेको चिसो र सितलहरका कारण अतिविपन्न गरिब बृद्धबृद्धालाई समस्या भएको थियो । बढ्दो चिसोलाई मध्ये नजर गर्दै गाउँपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत ९ सय जना गरिब,विपन्न ,बृद्धबृद्धालाई कम्बल वितरण गरिएको हो ।
चिसोका कारण कसैलाई पनि समस्या नपरोस भन्दै यस बर्ष गाउँपालिकाका अतिविपन्न ,जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । हरेक बर्ष न्यानो वितरण कार्यक्रम गाउँपालिकामा रहेको र यस बर्ष विपन्न गरिब व्यक्तिहरुलाई न्यानो वितरण गरेको थापाले बताउनु भयो । गाउँपालिकामा निम्न आय भएका परिवार धेरै भएको र चिसोले विपन्न परिवारहरुलाई समस्यामा पार्ने भएकोले विपन्न परिवारलाई चिसोका कारण हुने समस्या समाधान गर्न कम्बल वितरण कार्यक्रम प्रभावकारी भएको स्थानियले बताएका छन ।
शितलहरका कारण जाडो अत्यधिक बढिरहेको अवस्थामा अति गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरी सहयोग गरेको ५ नं. वडाका वडाध्यक्ष अनवार मोहम्मद मुसलमान जानकारी दिनुभएको छ ।
गाउँपालिकाबाट यसरी गरिब घरका परिवारले कम्बल पाएपछि खुसी भएका छन । जाडोयाममा गाउँपालिकाकाले कम्बल प्रदान गरी विपन्न गरिब बृद्धबृद्धालाई सम्मान व्यक्त गरेको भन्दै स्थानियले े गाउँपालिका अध्यक्ष थापालाई धन्यवादसमेत दिएका छन ।

0Shares