Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सुर्यमुखी खेलमा बिहिबार पनि तिन खेल सम्पन्न ,ईस्टर्न योङ्गले इतिहास रच्यो

सुर्यमुखी युवा क्लबको आयोजना र शिवराज नगरपालिका ९ को सहआयोजनामा सुर्यमुखी खेल मैदानमा संचालन भइरहेको २० औ सुर्यमुखी खेल मेलाको छैटौं दिन बिहीबार उल्लेख्य दर्शकको उपस्थिति माझ तीन खेल सम्पन्न भएको छ ।पौष २५ देखि शुरु भएको खेल मेलामा २० औ पटक सहभागी ईस्टर्न योङ्गले पहिलो जीत निकाल्न सफल भएको छ २० बर्ष सम्म लगातार सहभागिता जनाउदै आएको ईस्टर्न योङ्गले साईनिङ्ग स्टार रमुवादहलाई पेनाल्टीमा ५ को विरुद्ध ६ गोल गरेर बिजयी भएको हो । निर्धारित समयमा दुबै समुहको १,१ गोल मात्र भए पछि खेल पेनाल्टीमा पुगेको थियो । पहिलो खेल स्पोर्टिङ क्लब तुरुन्तपुर र गाेल्डेन स्टार बनियाभारको बीच भएको थियो उक्त खेलमा ०को विरुद्ध १ गोलले गाेल्डेन स्टार बनियाभार बिजयी भएको छ। अन्तिम खेल सुर्यमुखी सेतो र नेक्सेस फुटबल क्लब बाटनीको बीच भएको खेलमा सुर्यमुखी ० को विरुद्ध १ गोल गरेर बिजयी भएको छ । खेल शुरु भएको १५ मिनेटमा बाटनीका डिफेन्डरले फौल भए पछी पाएको पेनाल्टीले भएको १ गोल नै निर्णयक गोल बनेको हो । सातौ दिन शुक्रबार पनि तीन खेल हुनेछ पहिलो खेल सुर्यमुखी र साईनिङ्ग स्टार रमुवादह महिला दोस्रो खेल जयबुद्ध सामाजिक युवा क्लब र सुपर स्टार् फुटबल क्लब बीच पुरुष र अन्तिम खेल गाेल्डेन स्टार बानियाभार र ग्रीन भिजन बीच बताईएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma