Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

भोलीवाट सुरु हुने शिवराज खेल महोत्सवको तयारी पूरा

माधव बेल्बासे
कपिलवस्तु,चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिकामा माघ २२ गते देखि खेल महोत्सवको तयारी पुरा भएको छ । स्वास्थ्यका लागी खेल कुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव हुन लागेको हो । खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल,एथलेटिक्स,कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले बताउनु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागित रहनेछ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बेल्बासेले बताउनुभयो ।राष्ट्रलाई अन्र्तराष्ट्रिय जगत सम्म पहिचान गराउन खेलले महत्वपूर्ण भूमिका खेल्ने हुदाँ नगरका खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागी खेल महोत्सवको आयोजना गरिएकोे नगरप्रमुख नेरराज अधिकारी बताउनु भयो । माघ २२ गतेबाट सुरु हुने खेल महोत्सवमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित, संस्घ संस्था क्लब स्तरिय मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने मेयर अधिकारीले बताउनु भयो । खेल महोत्सवलाई भव्य सभ्य रुपमा सम्पन्न गर्नका लागी सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने समेत उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma