Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

थारु समुदायको मुद्दा सम्बोधन गर्न माग ।।

राम अवतार चौधरी
कपिलवस्तु, २९ माघ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२, गोरुसिंगे स्थित थाकस भवनमा भेला एवम् अन्तरक्रिया ३ “ज” अभियान कार्यक्रम सम्पन्न भएको छ । “अरुको लागि लड्यौँ सयौँ पटक, अब आफ्नो लागि लडौँ अन्तिम पटक” भन्ने मुल नाराका साथ बुधबार आयोजना गरिएको बताईएको छ ।

थारु कल्याणकारी सभा थरुहट(थारुवान संयुक्त संघर्ष समिति जिल्ला संयोजन समिति कपिलवस्तुको आयोजनामा गरिएको कार्यक्रममा थाकसकी केन्द्रीय उपाध्यक्ष विष्णु कमारी चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूले कुनै जातजातिको हक अधिकार हन्न नहुनेगरी थारु समुदायको माग मुद्दा सम्बोधन हुनेपर्नेमा जोड दिइन् । थारुलाई गुमराहमा पारी गैर थारु समुदायको व्यक्तिले मौकाको फाइदा उठाएको उनले आरोप लगाईन् । थारु आयोग लगायत उनीहरुको नाममा निर्वाचनमा भोट तथा व्यक्तिलाई दुर्ववहार गरेको समेत उपाध्यक्ष चौधरीले बताईन् । थारु समुदायका रेशम चौधरी, लक्ष्मण थारु लगायत थारु अगुवारूलाई कैदी बनाई जेल जीवन विताईरहेका थारुलाई रिहाइको माग गर्दै अस्तित्व बचाउन सर्वसाधारणलाई चौधरीले आग्रह गरिन् । अन्तरक्रिया कार्यक्रमका व्यनरमा लेखिएको “ज” को अर्थ जनचेतना, जनजागरण र जनपरिचालन रहेको प्रष्ट पार्दै थारु समुदायका हितका लागि समुदायलाई सचेत पार्नुको विकल्प नरहेको उपाध्यक्ष चौधरीले बताईन् ।

यस्तै थाकस केन्द्रीय सदस्य रूकमणी थारुले कार्यक्रममा बोल्दै थारु समुदाय हिन्दु नभएर बौद्धिस्ट भएको जनाउँदै रणनीति अप्नाउनु जरुरी रहेको बताईन् । उनले थारु समुदायका हक, हित र अधिकार सुनिश्चित गर्ने जिम्मेवारी युवा पुस्तामा रहेको जनाउँदै शिक्षा, राजनिति लगायत हरेक क्षेत्रमा अग्रसर हुनपर्नेमा जोड् दिइन् । भेलामा सहभागिहरुको प्रश्नहरुलाई मध्यनजर गर्दै थाकसको उद्देश्यलाई प्रष्ट पार्दै सामाजिक काम बाहेकका अन्य कार्य थाकसको निति बाहिर रहेका थारुले उल्लेख गरिन् । अधिकार पाउन अब थारु युवा पुस्ताले चूप्प लागेर बस्न नहुने बताउँदै देशभरिका थारुहरु एक धिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको सदस्य थारुले जानकारी दिइन् । आफूले पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका जागरण अभियानका क्रमका अनुभव सुनाउँदै उनले भनिन्–“अभियानकै क्रममा एक जना व्यक्तिले मलाई प्रश्न सोध्नु भयो ः हामी त बाटोको फालिएको फोहर भएको छौँ, अनि मै जवाफमा भने हो हामी फोहर भएको छौँ तर त्यही फोहरलाई एक ठाउँमा जम्मा गरेर प्राङ्गकि मल बनाउने अभियानमा जुटेका छौँ एकदिन त्यही मल खेतमा लगेर हाल्छौँ ।”

थरुहट थारुवान संघर्ष समितिका केन्द्रीय सदस्य किशोर विश्वासले थारुहरूलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । थारु समुदायका जन समुदायलाई कम्युनिस्टले कांधमा बन्दुक राखि विगतमा प्रयोग गर्याे तर अहिले थारु समुदायलाई अपहेलित गरेको उनले जनाए । टिकापुरमा भएको थरुहट आन्दोलनबाट राज्यले थारु समुदायका अगुवाहरुलाई एकएक गरि जेलबन्दी बनाउँदै आएको सदस्य विश्वासले बताए । थारुहरुको अस्तित्व नै धरापमा भएको बताउँदै पुर्व मेची देखि पश्चिम कञ्चनपुर सम्मका थारु समुदाय एक भएर नहिँडे आपनत्व हराउँने उनले बताए । विगतमा बनाएका थरुहट तराई लगायतका पार्टीबाट थारु समुदायलाई प्रयोग गरि आत्मघाँटी व्यवहार गरेको विश्वासले बताए । देशकै डाइनेश्वर वा शक्तिशाली थारु भएको जनाउँदै नेपाल जोगाउनु नै थारु समुदाय भएको उनले जिकिर गरे । थारु समुदायको अस्तित्वलाई बचाउने चित्रण गर्दै संकटमा परेका थारुको पहिचान बचाउन अभियान चलाउने सदस्य विश्वासले जनाए । उनले भने “थारु समुदायलाई उत्तेजित हुने अभिव्यक्ति दिएर प्रयोग गरियो ।“

त्यसैगरी पुर्व सांसद विश्राम प्रसाद थारुले थारुहरु जागरुक हुनु आवश्यक रहेको बताए । थारुसँग सम्बन्धित हरेक थारु अगुवा, संघ संस्थाले एकजुट भए हातेमालो गरि अस्तित्व बचाउनलाई अहम भुमिका खेल्ने जनाए । थाकस केन्द्रीय सदस्य जंजिर प्रसाद थारु र सुमित्रा थारुले थारु समुदायका हक, हित र अधिकारका निम्ति देशैभरिका थारुहरू एक्यवद्ध भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । थारु आन्दोलनका क्रममा जेल जीवन बिताईरहेका थारु अगुवा जेलबन्दीहरुलाई राहत गरे मात्रै थारु माग मुद्दाहरु सम्बोधन गर्दै आन्दोलनहरु शसक्ति हुने उनीहरुले जानकारी दिए ।

उक्त भेला एवं अन्तक्रिर्या कार्यक्रम थारु कल्याणकारी सभा कपिलवस्तु जिल्ला अध्यक्ष उमाशंकर थारुको अध्यक्षतामा भएको भेलामा थारुसँग सम्बन्धित संघ संस्था, बुद्घिजिबी, थारु अगुवा र संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्ने अधिंकाश वक्ताले “अरुको लागि लड्यौँ सयौँ पटक, अब आफ्नो लागि लडौँ अन्तिम पटक“ भन्ने नाराले सार्थकता पाउने बताउँदै थारु हक अधिकारलाई प्राथमिकता राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma