Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

प्रधानमन्त्री ओलीद्धारा वुटवल पाल्पा केवलकारको सिल्यान्स ।।

वुटवल ०१ फागुन , प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गर्नुभएको हो ।
तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने पाल्पाको बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो । कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस् भन्ने आफ्नो शुभकामना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष एवंम उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप आयोजना सुरु गरेको बताउनुभयो । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य एंवम चन्द्रौष उधोग वाणिज्य संघ अध्यक्ष जमसेर अली मिंयाले केवलकारको निर्माणले पर्यटन विकासम टेवा पुग्ने वताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma