मोफसल खबर
फागुन २
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रथम सहिद लखन थापाको १४४ औं स्मृती दिवसको अवसरमय दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ शिवराज नगर समितिको आयोजनामा सहिद थापाको स्मृतीमा दिप प्रज्वलन संगै कोण सभा गरिएको हो ।


कार्यक्रममा बोल्दै नेपाल मगर संघ जिल्ला कोषाध्यक्ष देवि सारु मगरले सरकारले प्रथम सहिद थापालाई बेवास्ता गरेको र मगर संघले प्रत्येक बर्ष फागुन २ गते स्मृति दिवस मनाउदै आएको भए पनि सरकारले विदा नदिएको बताउनु भयो । नेपाल मगर संघ शिवराज नगर समितिका अध्यक्ष पूर्ण बहादुर बुढा मगरले प्रथम सहिदको सम्मान सरकारले गर्न नसकेको बताउनु भयो ।

कार्यक्रममा नेपाल मगर संघ शिवराज नगर समितिका पदाधीकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव खिम बहादुर पुनले गर्नु भएको थियो ।

0Shares