Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मैत्रिपूर्ण खेलको सेमिफाइनलमा शिक्षकको जित, मंगलबार समापन हुदै


दिपक के.सी.
फागुन २
कपिलवस्तुको शिवराज नगरपालिकामा संचालित नगर खेल महोत्सवमा आइतबार शिक्षक र पत्रकार विच भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा शून्यका विरुद्ध ४ गोल गर्दै शिक्षकको टिम फाइनलमा प्रवेश भएको छ ।
नगर खेल महोत्सवलाई रोचक बनाउन नगरपालिका कर्मचारी ए र बि, नगरका पत्रकार, शिक्षक र जनप्रतिनिधी विच मैत्रीपूर्ण खेल भएको छ । जस मध्ये पहिलो खेलमा शिक्षकले कर्मचारी ए टिमलाई शुन्यका विरुद्ध १ गोल गरेको थियो । पत्रकार र कर्मचारी बि टिम बिच भएको खेलमा पत्रकारले शुन्यका विरुद्ध २ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । आज भएको प्रतिस्पर्धामा पत्रकारले २ गोल आत्मघाति गरेका थिए । यस्तै मैत्रिपूर्ण खेल महिला तर्फ नगरपालिका जनप्रतिनिधी कर्मचारी र शिक्षिका बिच भएको खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै शिक्षिका टिम विजयी भएको छ ।
खेल महोत्सवको फाइनल प्रतिस्पर्धा मेयर कप तर्फ शिवशक्ति युवा क्लब र सूर्यमूखि युवा क्लब बिच हुने नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र बेल्वासेले बताउनु भयो । मंगलबार नै मैत्रिपूर्ण खेलको फाइनल खेल शिक्षक र जनप्रतिनिधी बिच हुने छ भने खेलको समापन पनि सोहि दिन हुने बेल्वासेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma