Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटामा अत्याधुनिक आखां उपचार केन्द्र संचालनमा ।।

कृष्ण गैरे, फागुन १७ कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा आंखा उपचार केन्द्र संचालनमा आएको छ । चन्द्रौटाको संजवनी सामुदायिक अस्पताल अगाडी संजीवनी आई केयर एण्ड अप्टिकल नामको आखां उपचार केन्द्रको संचालनमा आएको हो । शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले रिवन काटेर आज उपचार केन्द्रको समुदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख अधिकारीले आखां उपचार केन्द्रको स्थापनाले चन्द्रौटामा एउटा विकासको खुडकिलो थपिएको वताउनुभएको छ ।
आखां जस्तो संवेदनशिल कुरा दक्ष प्राविधिक भएको आखां उपचार केन्द्रमा नै गर्नुपर्ने सुझाव दिनुभएको छ । मेयर अधिकारीले सामान्य मेडिकलहरुमा गएर अनुमानको भरमा आखांको औषधि प्रयोग नगर्न समेत आग्रह गर्नुभएको छ । आखाको अप्रेशन वाहेकको सवै किशिमको समस्याको उपचार तथा परामर्श दिईने व्यवस्थापक तस्वीर गैरेले वताउनुभएको छ । अत्याधुनीक मेशिनको प्रयोग गरि सुक्षम ढंगले आखाको उपचार शेवा थालीएको गैरेले जानकारी दिनुभयो ।
कार्यक्रममा महाराजगंज नगरपालीकाका नगरप्रमुख अव्दुल कलाम , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल , संजीवनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल , समाजशेवी नारायण पौडेल लगाएतका व्यतmीहरुले व्यवसायिक सफलताको सुभकामना व्यतm गर्नुभएको थियो । कार्यक्रमको वरिष्ठ पत्रकार विष्णु भुसालले प्रकास पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma