Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनीहरु जसपाका सांसद हुन् ।  

सोमबार  सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् । विजय,सन्तोष र सुमनले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma