Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अवैध काठ कटानमा वडा सदस्य संलग्न


मोफसल खबर
बैशाख ७
कपिलवस्तुुको शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य केशव बहादुर खत्री अवैध काठ कटानमा संलग्न देखिएका छन् । शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा खयर जातका रुख अबैध रुपमा उनकै रहोबरमा सोमबार बिहान काटिएको छ । २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित भएका सदस्य खत्रिको उपस्थीतीमा भएको यो घटनाले वन संरक्षण माथी जनप्रतिनिधीको उदासिनता देखिएको छ ।
अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले भने नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो बाहिरिएको छ । वडा सदस्य कै रहोबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरु प्रति उत्तरदायी नभएको देखिन्छ । सोमवार बिहान अवैध रुपमा काठ कटान भएको सुचना पाए पछि वडा प्रहरी कार्यालय चन्द्रौटा र डिभिजन बन कार्यालय गौतमबुुद्धको टोली उक्त स्थलमा गएको थियो ।
घटना स्थल पुुग्दा कोहि पनि नरहेको र काठलाई बन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यता डिभिजन वन भने अनुसन्धान भइरहेको जनाएको छ । बन कार्यालयका प्रमुुख दुुर्गा कार्की आफु काठमान्डौ रहेको र काठ काटिएको विषयमा छानविन भइरहेको बताउनुुभयो । अवैध रुपमा १०७.६४ क्युुफिट काठ बरामद गरिएको सहायक बन अधिकृत अजाज अन्सारीले बताउनुुभयो । काठ कसले किन काटेको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma