Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

३१ जनाले गरे रक्तदान


माधव बेल्बासे
चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । शिवराज नगरपालिकाको सहयोग,सामाजिक विकास मंच नेपालको आयोजनामा व्यापार संघ कपिलवस्तुको सभाहलमा उक्त कार्यक्रम भएको थियो । कोरोेना महामारीको समयमा रगतले अभाव भइरहेकोले उक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सामाजिक विकास मंचका अध्यक्ष विष्णु प्रसाद खतिवडाले बताउनुभयो ।
कोरोनाको त्रासले रक्तदान गर्नेहरुको संख्या पनि कमि भएको उहाँले बताउनुभयो । विगतका वर्षमा धेरै जनाले रक्तदान गर्ने गरेपनि वर्ष भने कोरोनाको महामारीले रक्तदान गर्नेहरुको संख्या कम रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यो महामारीको समयमा रक्तदान कार्यक्रम गरेर पुण्य काम गरेको बताउनुभयो । अहिले रगतको अभाव भइरहेकोले यस विषम परिस्थितिमा रक्तदान गरी कसैको जिवन बच्ने उहाँले जनाउनुभयो ।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सामाजिक विकास मंच समाजिक काममा अग्रसर रहेकोले रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । कोरोना महामारी रहेकोले नगरवासीहरु स्वास्थ्य मापदण्ड पालना गरि सर्तक रहन समेत आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma