Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सिमामा सशस्त्र प्रहरीद्धारा स्वास्थ्य सामाग्री वितरण


दिपक के.सी.
कपिलवस्तु बैशाख १८


कोभिड १९ कोरोनाको संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिनानु दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण र रोकथामका स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधानले सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्ने, सेनेटाइजर लगाउन दिने , तापक्रम नाप्ने ,घरमा कम्तिमा १० दिन अलग्गै बस्न लगाउने, कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाढ्ने जनचेतना फैलाउने काम गरिने बताउनु भयो ।


सिमामा खटिने सशस्त्र प्रहरीको स्वास्थ्य सुरक्षा र नेपाल प्रवेश गर्ने नेपालीहरुको सुरक्षाका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफले सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर भण्डारीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । अहिले कोरोनाको उपचार गरेर नियन्त्रण गर्न सम्भव नरहेको बताउदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नै बाच्न र बचाउन सकिने हुदाँ नेपाल प्रवेश गर्ने नेपालीलाई सशस्त्र प्रहरी मार्फत माक्स लगाउन लगाइने र स्वास्थ्य मापदण्ड सम्बन्धि जानकारी प्रदान गरिने प्रवक्ता भण्डारीले बताउनु भयो ।


मन्त्रालयले सिमा क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणका लागि टेन्ट १० थान, १ लाख १० हजार पिस माक्स,१ हजार २० लिटर सेनेटाइजर, १ हजार ५ सय ५०० पिस फेसहेल्ड, पिपिइ सेट ३० थान, पिपिइ गाउन ५० थान, पिपिइ गाउन लेभल—३, एकसय थान, एन ९५ माक्स २०० पिस, पन्जा ५०० जोर, सेफ्टी चश्मा २५ थान सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma