Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीमा कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन


दिपक के.सी.
कपिलवस्तु , बैशाख १९


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा कोरोना विरुद्ध जन स्वास्थ्य सेवाको आइतबार उद्घाटन गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागी १५ शैयाको आइशोलेशन वाड संचालनमा ल्याइएको हो ।
कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लपले वडा बासिहरुको सहज उपचारका लागि आइशोलेशन संचालन ल्याउनु सराहनिय काम भएको बताउनु भयो । अहिले कोरोनाको दोस्रो स्वरुप निकै खतरनाक रहेकोले यसबाट बच्न र बचाउन सबै लागि पर्नु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नु पर्ने बताउनु भयो ।

आइशोलेशन संचालन गर्न पार्टिले एक लाख बराबर आर्थिक सहयोग गरेको बताउदै महासचिव चन्दले नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भयो । कोरोनाको उपचार असम्भव बन्दै गएको अवस्थामा यस महामारीबाट बच्न स्वास्थ्य मापदण्ड पालन गर्दै अरुलाई पनि बचाउनु पर्ने आजको आवश्कता रहेको उहाँले बताउनु भयो । वडामा संचालनमा आएको आइशोशनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टिले सरकार संग पहल गर्ने प्रतिवद्धता समेत महासचिव चन्दले व्यक्त गर्नु भयो ।
वडाबासीलाई कोरोना संक्रमण बाट बचाउन र संक्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षिय छलफलबाट वडाको सुन्दरी डाडामा रहेको प्रकाश मा.वि.लाई आइशोलेशन बनाइ संचालनमा ल्याउन लागिएको वडा अध्यक्ष चुर बहादुर खड्काले बताउनु भयो । “अहिले नागरिकहरुको स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता हो वडाका अन्य सम्झौता नभएका बजेटहरु पनि हामी रकमान्तर गरी आइशोलेशन संचालन गछौ” अध्यक्ष खड्काले भन्नु भयो ।


कार्यक्रममा नेकपा महासचिव विप्लपका छोरा डा. प्रकाश चन्दले शिवगढी बासी नागरिकलाई कोरोनाबाट बचाउन आफु पनि यसै आइशोलेशनमा खटिने बताउनु भयो । यस आइशोलेशनमा बस्ने संक्रमितहरुको कोरोना टेस्ट गर्नुका साथै संक्रमितलाई योग,सामान्य कसरत, बेसारपानि, नुनपानी गार्गन, फ्रेस फलफुल दैनिक दुई पटक, जाउलो २ छाक, वाफ २ पटक, साउन बाथ दैनिक ३ पटक ,औषधी, अक्सिजन लगायतका सेवा दिइने डा. चन्दले बताउनु भयो । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जादाँ अहिले अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको लक्षण देखिए संगै उपचार सुरु गर्न आइशोलेशन संचालन गरिएको उहाँले बताउनु भयो । अहिले तत्काल नेपाल कम्युनिष्ट पार्टिबाट ५ थान बेड र वडा बाट १० थान बेड र अक्सिजन उपलब्ध भएको उहाँले बताउनु भयो ।
वडा अध्यक्ष चुर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लपको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेकपा नेता चन्द्रबहादुर चन्द विरजंग, सरस्वती मा.वि.का प्रअ विक्रम के.सी.ले मन्तव्य राख्नु भएको थियो भने वडा नं. ९का वडा सचिव प्रेमसागर वलिले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma