Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

महामारीमा सुरक्षित तवरले कारोवार गर्न नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको आग्रह ।।

बैशाख २०

तौलिहवाः

कोभिड १९ को दोस्रो चरणको महामारीले स्थिति भयावह बन्दै गए पछि स्वास्थ्य मापदण्ड पालना गर्दै कारोवार गर्न नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला शाखा कपिलवस्तुले आग्रह गरेको छ। संगठनका जिल्ला शाखा अध्यक्ष हुमानाथ पौडेल र महासचिव खिमानन्द पौडेल (कोपिल) द्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सम्पूणर् व्यवसायी तथा सर्वसाधरणहरुले सुरक्षित तवरले कारोवार गर्न अनुरोध गरेको हो। कोरोना महामारीको अवस्थाले समस्त उद्योगी व्यवसायी माथी परेको प्रभावलाई उचित तवरले सम्बोधन गरी विस्थापित हुनबाट बचाउनको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ। “यस जटिल अवस्थामा उचित स्वास्थ्य परामर्श एवं सुविधा प्रदान गर्नको लागि सरोकारवाला निकायको पूणर् ध्यान केन्द्रित होस भन्ने जोडदार माग गर्दछौ” विज्ञप्तीमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma