कोरोना संक्रमणबाट शुक्रबार कपिलवस्तुका दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कोरोना संक्रमित शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक थिइन् । शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए ।

0Shares