Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजको बालापुर मोडमा दुर्घटना


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५बालापुर मोडमा आज बाइक र ट्याक्टर ठोकिदाँ बाइक चालक घाइते भएका छन ।पूर्व बाट पश्चिम तिर जादै गरेको रा १ च २९७८ नम्बरको ट्याक्टर र सोहि दिशा तिर नै जादै गरेको लु ५ प ७८५५ नम्बर बाइक ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । बाइक चालक शिवराज चन्द्रौटा निवासी संजय राना घाइते भएको र थप उपचारको लागी बुटवल लगिएको चन्दैटा टाफिक प्रहरी प्रमुख हरि जिसीले बताउनु भयो । घाइते रानाको खुट्टा तथा टाउको चोट लागेको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma