Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सुत्केरीको घरमा उपहार


दिपक के.सी.
कपिलवस्तु, जेठ १२
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ को शिवपुर स्वास्थ्य चौकीले सुत्केरीको घरमा उपहार कार्यक्रम संचालन गरेको छ । आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक कार्यक्रम अन्तर्गत सुत्केरीका घरमा उपहार सहित जनप्रतिनिधी र स्वास्थ्य चौकी प्रमुख टोली पुगेको छ ।
वडा भित्रका गर्भवति महिलाले प्रोटोकल अनुसार ४ पटक नियमित गर्भजाँच,टिटिसुई,नियमित आइरन चक्की सेवन र स्वास्थ्य संस्था (२४ घण्टे प्रसुती सेवा केन्द्रमा) सुत्केरी भएका महिलाहरुको घरमा पुगेर वडा नं. १ का जनप्रतिनिधी. र स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले उपहार वितरण गरेका छन । नियमित कार्यक्रम अन्तर्गत पोसिलो आहार संगै सुत्केरी महिलाका घरमा पुगेर जनप्रतिनिधी र स्वास्थ्य कर्मिले सुत्केरीलाई १ थान क्याण्डल फिल्टर वितरण गर्नु भएको छ ।
वडा भित्रका सम्पूर्ण सुत्केरीहुने महिलाहरुलाई शुद्ध खानेपानी पिउन प्रोत्साहन गर्ने र स्वास्थ्य संस्थामा नै प्रसुति सेवालाई समाजमा बढावा दिने उद्देश्यले उपहारको कार्यक्रम राखिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनु भयो । घरमा सत्केरी शुन्य गराउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अन्तर्गत उपहार कार्यक्रम पनि संचालन गरिएको स्वास्थ्य चौकी प्रमुख पौडेलले बताउनु भयो । २४ घण्टे प्रसुती सेवामा सुत्केरी भएका महिलालाई पहिलो जाँच स्वास्थ्य चौकीमा नै र दोस्रो जाँच ३ दिनमा स्वास्थ्य कर्मी घरमै पुगेर स्वास्थ्य जाँच समेत गरिएको पौडेलले बताउनु भयो ।
सुत्केरी चेकजाँच तथा उपहार वितरण कार्यक्रममा वडा सदस्य लक्ष्मि हमाल,स्वास्थ्य कर्मि अनमी बिना रोका , कास गोमा न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma