Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजको पहिलो वडा नं. ९ एम्बुलेन्स ल्याउन सफल


सुर्य गरुङ्ग
कपिलवस्तु जेठ १२
बर्षौ देखि विरामी प्राइभेट साधनमा भर पर्दै आएको एउटा वडा । साविकको शिवगढी गाविस । कपिलवस्तु जिल्लाको सुगम स्थानिय तह भनिएको शिवराज नगरपालिकाको विकट वडा । वडा नं. ९ । विकट भए पनि नागरिकको स्वस्थ्य सुरक्षामा निकै महत्वपूर्ण भूमिका राख्ने एम्बुलेन्स खरिद गर्न सफल भएको छ ।
नगरमा नै एम्बुलेन्स नभएको अवस्थामा आफ्नै विकासे बजेट बाट एम्बुलेन्स खरिद गर्ने पहिलो वडा , वडा नं. ९बनेको छ । शिक्षा, संगै नागरिकको स्वास्थ्य पनि त्यति कै महत्वपूर्ण रहेकोले वडाको बजेटबाट एम्बुलेन्स खरिदका लागि आर्थिक बर्ष ०७६÷०७७ मा नै बजेट विनियोजन गरेको भए पनि यस आर्थिक बर्षमा एम्बुलेन्स खरिद गर्न सफल भएको अध्यक्ष खड्काले बताउनु भयो ।
वाडमा एम्बुलेन्स आए पछि वडा बासी निकै हर्षित बनेका छन । विगतमा एम्बुलेन्स नहुदाँ स्थानियले सर्प दसं र सुत्केरी महिलाहरुले एम्बुलेन्सकै कारणले ज्यान गुमाउनु परेकोले अब त्यस्तो परिस्थिती नआओस भन्ने उद्देश्यले वडाले आफ्नै बजेटले एम्बुलेन्स खरिद गरेको अध्यक्ष खड्काले बताउनु भयो । एम्बुलेन्स खरिदमा वडा नं. ९ को प्रयास र वडाका जनप्रतिनिधि,शिवगढी स्वास्थ्य चौकी ब्यवस्थापन समिति पदाधिकारी,शिवराज नगरपालिका, राजनैतिक दल,समाजसेवी,भद्रभलाद्मी,बुद्धिजिवि लगायतको सहयोगमा ल्याउन सफल भएको भन्दै वडा अध्यक्ष खड्काले सबैलाई धन्यवाद समेत दिनु भयो ।
आफ्नै वडामा एम्बुलेन्स आए पछि वडा बासी पनि अहिले हर्षित भएका छन । विकट भनिएको वडामा नगर कै पहिलो एम्बुलेन्स ल्याउन सफल भएकोमा वडा अध्यक्ष खड्काको सबैले प्रशंसा समेत गरेका छन ।वडामा नै एम्बुलेन्स भए पछि अब कसैको अनाहकमा ज्यान नजाने भन्दै स्थानिय वडा बासीले खुसी समेत व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma