Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सडक कालो पत्रे गर्नु मात्रै बिकाश होईन

स्थानीय तहको निर्वाचन पछि गठन भएको नगर सभाबाट आफनो नगर बिकासका लागि विस्तारित योजना बनाउदा सडक निर्माण कार्यलाई विशेष प्राथमिकाता दिएको देखिन्छ । यसैलाई सुक्ष्म अध्ययन गर्ने हो भने नेपाल जस्तो अल्पविकसित देशमा सडक, स्वास्थ्य र शिक्षा नै बिकासका मुल सुचक हुन जरुरी देखिन्छ । स्थानिय तहका सरकारले गरिबी र पछि पर्नु भएका आफना नागरिकलाई यी सेवामा पहुच बढाउन अहिलेको परिपेक्ष्यमा अति नै सान्दर्भिक रहेको छ । माथि उल्लेखित विषय वस्तुमा शिवराज नगरपालिकाले अन्य कुरा भन्दा सडक निर्माण कार्यलाई बढी प्राथमिकतामा राखे पनि अन्य सेवालाई कम प्राथमिकतामा राखेको महशुस गरेको छु । विषयवस्तु उठान गर्दा कुनै पनि दल वा राजनैतिक आस्थाभन्दा माथि उठि नागरिकको आस्थाले समाज बिकासका लागि उसले विभिन्न सवालहरुलाई उठाउने गर्दछ । मैले शिवराज नगरपालिकालाई अब बाँकी रहेको दिनमा विशेष गरि स्वास्थ्यलाई प्रथामिकताको आधारमा पहिलो सुचकको रुपमा लिनका लागि हार्दिक अनुरोध गर्दछु । शिवराज नगरपालिकाको क्षेत्रफल १७८.९५ किलोमिटर जनघनत्व २८० किलोमिटर र जनसंख्या २०६८ अनुसार ४९,९८८ भएपनि अबको १० वर्षको अन्तरालमा करिब ९० हजारको अनुमान गर्न सक्छौ । जनप्रतिनिधि निर्वाचित भएको ४ वर्षमा धेरै सडक कालो पत्रे भयो ,त्यो कालोपत्रे सडकले स्थानियको जीवन स्तरमा के परिवर्तन आयो वा आएन , यसको लेखाजोखा गर्ने बेला आईसकेको छ अबको बजेट सडक निर्माणकार्य भन्दा पनि स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । हामीले डाक्टर सहितको महिला, बालबालिका, हाडजोर्नी लगायतका बिशेषज्ञ सेवा दिने अस्पतालको सुरुवात गर्न सके शिवराज नगरको मात्रै नभई छिमेकी नगरपालिका बुद्ध भुमी,महाराजगन्ज कृष्णनगर तथा बिजयनगर गाउँपालिकाका मानिसलाई समेत सुबिधा मिल्ने र कपिलवस्तुकै अब्बल नगरपालिकाको रुपमा साबित हुने देखिन्छ । यस क्षेत्रका बिरामीहरु सेवा लिन बुटवल , भैरहवा , काठमाडौ र भारतका विभिन्न शहरहरुमा उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य हुनेछ र हामीले चाहेको “समृद्ध नेपाल, सुखी नेपाली “को सपना साकार हुन सक्छ । त्यस कारण अब शिवराज नगरपालिकाले बजेट निर्माणकार्य गर्दा स्थानिय तहले नयाँ बजेट ल्याउने तयारी गरि रहदा मानिसको दैनिक जीवनसंग जोडिएको सवाल खास गरि सडक भन्दा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्नका लागि शिवराज नगरपालिकको समयम‌ै ध्यान जाओस ।अब भोलिका दिनमा शिवराज नगरपालिका सबै कुरामा आफूलाई अब्बल साबित गर्न सफल होस् यहि शुभकामना ।

(महादेव पोखरेल नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य , चेम्बर अफ कमर्सका कपिलवस्तु जिल्ला अध्यक्ष सगै व्यवसायी र विभिन्न समाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma