Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगर गाउँपालिकाको नदिमा मेशिन प्रयोग


दिपक के.सी.
कपिलवस्तु जेठ १३


कपिलवस्तुको विजयनगर गाउँपालिकाले अमानतमा नदिजन्य समाग्री निकासी गरेको विसुवा नदिमा नदिजन्य समाग्रीको चोरी तस्करी बढेको छ । केहि समय पहिले नदिमा मेशिन प्रयोग भएको भन्दै गाउँपालिकाले निकासी रोक लगाएको सोहि नदिमा पुन मेशिन प्रयोग गरि उत्खनन गरिएको पाइएको छ ।


गाउँपालिकाले अमानतमा लिएको विसुवा नदिमा स्थानियहरुले अनुगमन गर्दा नदिमा स्केभेटर प्रयोग गरी उत्खनन भएको पाइएको स्थानियले बताएका छन । गाउँपालिकाले अमानतमा संचालन गरेको नदिमा रोयल्टी रसिद गाउँपालिकाकै हुनु पर्ने भए पनि सोहि नदिबाट जय माँ शिवगढी एण्ड सप्लायर्सको नामबाट रसिद काटेको फेला परेको स्थानिय तेज प्रसाद पौडेलले बताउनु भयो ।
गाउँपालिका भित्रका नदिहरुमा निषेधाज्ञाको समयमा मौका छोपी मापदण्ड विपरीत मेशिन प्रयोग गरी नदि जन्य पदार्थ निकाल्ने ठेकेदार कम्पनीहरुलाई गाउँपालिकाले कारर्वाहि गर्नु पर्ने भन्दै स्थानिय जसपाका नेता राम निवासपुरीले बताउनु भयो । सरोकारवालाले यस्ता विषयमा गम्भीर भएर ध्यान दिनु पर्ने यस्ता काम तत्काल रोक्नु पर्ने उहाँले बताउनु भयो ।


गाउँपालिका अध्यक्ष गोपाल थापाले नदिमा नदिजन्य पादर्थ निकाल्नको लागी मेशिन प्रयोग गर्नु मापदण्ड विपरित रहेकोले मेशिन प्रयोग गर्ने जोकोहिलाई पनि कारवाहि गरिने बताउनु भयो ।
यस्तै गाउँपालिकाले ठेक्का लगाएको अन्य नदिहरुमा पनि कोरोना महामारी संगै भएको निशेधाज्ञाको मौका छोपी नदिमा मेशिन प्रयोग भइरहेको स्थानियहरुले बताएका छन । सरोकारवाला निकायले अनुगमन नगर्दा नदिजन्य पदार्थ निकासी मापदण्ड विपरित भइरहेको स्थानियले बताएका छन ।https://youtu.be/GcdbvKv8ydk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma