Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

व्यानर प्रर्दषन गरी मनाईयो राष्ट्रिय महिला अधिकार दिवस

कपिलवस्तु-नेपाल सरकारले २०७६ सालदेखि जेठ १६मा राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय रेअनुसार आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।‘

महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ योहि कार्यक्रम कोभिडको कारण विगतका वर्ष भन्दा फरक तरीकाले मनाएको छ ।

सोहि दिवसको अवसरमा कपिलवस्तुमा रहेर महिलाको सुरक्षा र अधिकारको रुपमा काम गर्दै आएको शान्ति पुर्नस्थापना गृह(prc) ले चन्द्रौटामा दुरि कायम गरि ब्यानर प्रदशन गरेर दिवसको अवसरमा “महिलाको सुरक्षा र अधिकार स् सकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने मुल नाराका साथ सस्थाले वडा प्रहरी कार्यालय चन्द्रौटाको सहभागीता र शिवराज नगरपालिका सहकार्यमा सचेतनामुलक व्यानर प्रर्दषन गरेको गरेको छ । सस्थाको कर्मचारी शुसिला खनालले बताउनु भयो ।

सस्थाले बेचविखनबाट प्रभावित तथा जोखिममा परेका महिला तथा युवतीलाई पुर्नस्थापित गरी परिवारसित पुर्नमिलन गराउनुका साथै औपचारीक शिक्षा प्रदान गर्ने लगायतका काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma