Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

वातावरण दिवसको अवसरमा बृक्षारोपण


कपिलवस्तु जेठ २२
विश्व वातावरण दिवस २०७८ को अवसरमा डिभिजन वन कार्यालय कपिलवस्तु गौत्तमबुद्धले बृक्षारोपण गरेको छ । नयाँ सोच र सिर्जना प्राकृतिक प्रणालिको पुर्नस्थापना भन्ने मुल नारा सहित बृक्षारोपण गरि दिवस मनाइएको कार्यालयले जनाएको छ ।


डिभिजन बनले शनिबार घाट गद्दी क्षेत्रको सडक साइडमा ८१ वटा विभिन्न प्रजातिका विरुवाहरु रोपेको डिभिजन वन कार्यालय कपिलवस्तु गौत्तमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनु भयो । पर्यावरण सन्तुलित राख्न हरियाली हुनु पर्ने हरियालीका लागी खाली जग्गामा बृक्षारोपण गरि हराभरा बनाउनु आजको आवश्यकता रहेको बताउदै कार्कीले वाताबरण दिवसको अवसरमा स्वच्छ वातावरणका बृक्षारोपण गरिएको बताउनु भयो ।


प्रकृति माथिको मानिवय हस्तक्षेप र दोहनले वन विनास हुदै मरुभूमिकरण र जमिन बन्जर बन्दै गइरहेको अवस्थामा बाढि पहिरो जस्ता प्राकृतिक विपत्तिको सामाना गर्नु परेको छ । वन विनासले पानिको सतह घट्दै जादाँ सुख्खा खडेर जस्ता समस्या अहिले भोग्नु परेको छ । पर्यावरण विग्रदै गएको अवस्थामा बृक्षारोपणले वातावरण सन्तुलन राख्न मद्दत पुराउने कार्कीले बताउनु भयो ।


वातावरण सन्तुलन कायम गर्न र वन संरक्षणका लागी यस बर्ष डिभिजन वन कार्यालयले ३ लाख १९ हजार विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गरेको छ । घर वरीपरि लगाउन मिल्ने फलफुलका विरुवा, कार्यालय परिसरमा सुन्दरिकणका लागी लगाउने मिल्ने, खाली क्षेत्रमा लगाउन मिल्ने विरुवाहरुको नर्सरी तयार भएको कार्कीले बताउनु भयो । विरुवाहरुको वितरण असार पहिलो साताबाट सुरु गरिने र सर्वसाधारणलाई सहज उपलब्ध गराईने समेत उहाँले बताउनु भयो । कार्यालयहरुका लागी पनि इन्डोर प्लान्टहरु उत्पादन गरिएको बताउदै कार्कीले सरकारी कार्यालय , संचारगृहहरुलाई गमला सहित विरुवाहरु वितरण गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma