Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजको पहिलो परिचय चन्द्रौटा !!

सरोज पौडेल,

शान्तिमा अग्रदुत भगवान गौतम बुद्वको जन्मस्थल कपिलवस्तुको पश्चिमि क्षेत्रमा शिवराज नगरपालिका रहेको छ ।यस नगरपालिकामा विभिन्न समुदाय धर्म जात जातीका मानिसहरुको बसोबास छ । पहिला आ आफ्नो अस्तित्वमा रहेका शिवपुर बिरपुर चनइ थुनिया लालपुर जवाभारी बिसनपुर शिवगढी गाविसलाई समेटेर शिवराज नगरपालिका बनेको हो । शिवराज नगरपालिकामा ११ वटा वडा रहेका छन भने यश नगरको केन्द्रबिन्दु चन्द्रौटा बजार हो ।पुर्व बुटवल पश्चिम नेपालगन्जमो बिचमा रहेको चन्द्रौटा बजारमा होलसेल तथा खुद्रा बस्तुको ब्यापार हुने गर्दछ । साचिकै भन्नुपर्दा शिवराज नगरपालिकाको राजधानीको रुपमा चन्द्रौटाको बिकास भइरहेको छ । अहिले बिश्वमा फैलिएको कोरोना भाइरसका कारण कपिलवस्तु जिल्लामा पनि निषेधाज्ञा छ ।केन्द्र सरकारले बजेट भाषण गरिसकेको छ । शिवराज नगरपालिकालाई ५१ करोड बजेट बिनियोजन भएको छ ।स्थानीय सरकारले पनि अब नगर सभा गर्नु पर्ने भएकोले विभिन्न माध्यम बाट राय सुझाब माग्ने काम भइरहेको छ । विशेषत: म पनि शिवराज नगरपालिका ५ चन्द्रौटाको बासिन्दा भएकोले चन्द्रौटा जुन नगरको केन्द्रबिन्दु रहेको छ यसको बिकाशको लागि केही सुझाव राख्न चाहान्छु ।

१) शिवराज ५ चन्द्रौटामा १०० शैयाको सरुवा रोग अस्पतालको निम्ति जग्गा व्यवस्थापनको लागि मन्त्रीपरिसद बाट निर्णय भइसकेको हुदा डिपियार गरि तुरुन्त टेण्डर आवहानको लागि प्रकृया मिलाउने काम गर्नु पर्दछ ।

२) चन्द्रौटा क्षेत्र भनौ तथा शिवराजको शिक्षा क्षेत्रको गहनाको रुपमा रहेको राष्ट्रिय माबीलाई नमुना बिद्यालयको रुपमा बिकाश गरि निकट भविष्यमा स्नातक स्नातकोत्तर तह सम्म अध्यान गराउन सक्ने गरि योजना बनाइ अगाडि बढ्नु पर्ने देखिन्छ ।

३) ब्यापारिक केन्द्रको रुपमा रहेको चन्द्रौटा बजारलाई सुन्दरिकरण गर्नका निम्ति योजना बनाउनु पर्दछ।

४)०७३/७४ मा प्रदेश सरकारको सहयोगमा निर्माण भएको राइजिङ्स्टार युवा क्लबको संरक्षणमा रहेको शिवराज खेल मैदानको वाउन्ड्री वालको काम सम्पन्न भइसकेको छ । ५ करोड अनुमानित लागत रहेको प्याराफिट सहितको फुटबल मैदानको डिपियार भएको तत्कालीन इन्जिनियर बाट जानकारी आएको थियो । त्यसको निम्ति नगरपालिका बजेट बिनियोजन गर्नु पर्दछ । साथै सम्पूर्ण वाडमा खेलमैदान निर्माण गर्नु पर्दछ ।

५) चन्द्रौटा देखि रहटकोल जाने बाटो ,सौनी पर्सिया जाने बाटो नया बस्तीका सडक, नौडिहवा सुकुम्बासी बस्तीको सडक कालोपत्रे को लागि बजेट बिनियोजन गर्नु पर्दछ ।

६)खानेपानी अहिले बिकराल समस्याको रुपमा देखा परेको छ ।जोडिएका सबै धारामा पानी आउदैन भने पानी आउने धाराहरुमा सफा पानी आउदैन । समयमै यो समस्या हल गर्न सकियन भने यो समस्याले आम जनताको स्वास्थ्यमा समस्या आउन सक्छ ।खानेपानी उपभोक्ता समितिको अधिबेशन समयमा नगर्ने,नेतृत्वले नेतृत्व छोड्न पनि नसक्दा आम जनताले समिती माथी औला उठाउने अवस्था छ ।तसर्थ पुरानो समितिलाई विघटन गरि नया समिती गराइ जिम्मेवारी दिनुपर्ने देखिन्छ । नौडिहवामा खानेपानीको व्यावस्था गर्नु पर्ने देखिन्छ ।

७) कृषि उत्पादन लाई बढ्वा दिनको निम्ति सरकारी तहबाटै बजारको व्यावस्था र तरकारी फलफुल जस्ता छिटो नष्ट हुने बस्तुको लागि कोल्ड स्टोरको व्यावस्था हुनु पर्दछ । शिवराज ५ कै एक सहकारीले प्रदेश सरकारको ७५% र सहकारी को २५% अनुदानमा कोल्ड स्टोर निर्माण गर्न लागेको सुन्नमा आएको छ ।त्यो जती सक्दो छिटो निर्माण गरि सचालनको लागि पहल गर्नुपर्ने देखिन्छ । चन्द्रौटा हाट बजारलाइ हाट बजारको रुपमा बिकाश गर्नुपर्द्छ ।

बिशेष गरि चन्द्रौटा शिवराजको केन्द्र बिन्दु रहेकोले पक्कै पनि शिवराजको परिचय यो बजार सग जोडिएको छ ।बजार सुन्दरिकारण, कृषि हाट बजार,सरुवा रोग अस्पताल निर्माण,स्नातकोत्तर तह सम्मको क्याम्पसको व्यावस्था, स्वाच्छ खानेपानी शिवराज खेलमैदान र कृषि आधुनिकीकरण गर्न सकियो भने हाम्रो ५ नम्बर वडा वास्तबमै सुन्दर देखिने छ । लेखक: सरोज पौडेल शिवराज ५ चन्द्रौटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma